arrow

रुसले मे ९ मा पुटिनले युक्रेनविरुद्ध युद्ध घोषणा गर्ने चर्चाको गर्‍यो खण्डन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
Dmitry Peskov.jpg

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विजय दिवसको अवसरमा मे ९ मा युक्रेनविरुद्ध युद्ध घोषणा गर्ने अनुमान गरिएका बेला क्रेमलिनले यो कुराको खण्डन गरेको छ । रुसले दोस्रो विश्वयुद्धमा सोभियत संघको विजयको सम्झनामा मे ९ मा विजय दिवस मनाउने गर्छ ।

सोही दिन युक्रेनविरुद्ध युद्ध घोषणा गर्ने अनुमानले क्रेमलिनले खारेज गरेको हो । पुटिनले मे ९ मा युक्रेनविरुद्ध युद्धको घोषणा गर्ने अनुमानमा टिप्पणी गर्दै, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, 'त्यसको कुनै सम्भावना छैन, यो बकवास हो।'

पुटिनले मे ९ मा सम्बोधन गर्ने र मस्कोको रेड स्क्वायरमा सैन्य परेडको निरीक्षण गर्ने योजना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ