arrow

बिहानै भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
earthquake-final.jpeg

काठमाडौं । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ः०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । 

उक्त भूकम्प गोरखा भूकम्पको पराकम्पन भएको सो केन्द्रले जनाएको छ । २०७२ साल बैशाख १२ गते ७.६ रेक्टर स्केलको गोरखा भूकम्प गएको थियो । सात वर्ष बितिसकेको भए पनि अझै पराकम्पन आउन छाडेको छैन । अहिलेसम्म सयौं पराकम्पन आइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ