arrow

ताइवानले भन्यो- अमेरिकी लडाकु हेलिकप्टर महँगा भए, किन्न सकिन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
us-fighter-helicopter-taiwan.jpg

काठमाडौं । ताइवानले बिहीबार निकै महँगा भएको भन्दै संयुक्त राज्य अमेरिकाका नयाँ एन्टि सबमरिन लडाकु हेलिकप्टरहरू किन्ने योजना स्थगित गरेको बताएको छ । 

ताइवानले यसअघि लकहिड मार्टिन कर्पोरेशन(एलएमटी.एन) इकाई सिकोर्स्कीद्वारा निर्मित १२ एमएच ६० आर एन्टि-पनडुब्बी हेलिकप्टर किन्ने योजना बनाएको बताएको थियो । तर, अमेरिकाले टापु मुलकका लागि यीनको आवश्यकता नभएको भन्दै योजना अस्वीकार गरेको थियो ।

ताइवानले नयाँ अमेरिकी हतियारको खरिदमा हालैका परिवर्तनहरूको बारेमा संसद्मा सोध्दा रक्षामन्त्री चिउ कुओ चेङले हेलिकप्टरको विषयसमेत राखेका हुन् । 'मूल्य हाम्रो देशको क्षमताको दायरा बाहिर छ, धेरै उच्च छ,' उनले भनेका छन् ।

दुई अन्य हतियार एम१०९ ए६ मध्यम सेल्फ-प्रोपेल्ड होविट्जर आर्टिलरी प्रणाली, र मोबाइल स्टिङ्गर एन्टि-एयरक्राफ्ट मिसाइलको खरिदमा पनि ढिलाइ भएको छ ।

चिउले स्टिङर्सका लागि सम्झौतामा हस्ताक्षर गरिसके र भुक्तानीसमेत गरिसकेका कारण चाँडै आपूर्तिका लागि भन्ने बताएका छन् ।अमेरिकी अधिकारीहरूले ताइवानलाई आफ्नो सेनाको आधुनिकीकरण गर्न दबाब दिइरहेका छन् ताकि यसले चिनियाँ आक्रमणविरुद्ध लड्न सकोस् ।

चीनले प्रजातान्त्रिक रूपमा शासित टापु ताइवानलाई बेइजिङमा गाभ्न आफ्नो सैन्य गतिविधि बढाउँदै लगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ