arrow

रुसी विदेशमन्त्रीले 'हिटलरको यहुदी जरा भनेकोमा पुटिनले मागे माफी'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
bennet-outin-israel-russia.PNG

काठमाडौं । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले मस्कोका शीर्ष कूटनीतिज्ञले गरेको होलोकास्टको बारेमा विवादास्पद टिप्पणीको लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले माफी मागेको बताएका छन्।

दुई नेताबीच बिहीबार फोनमा कुराकानी भएको र सो क्रममा पुटिनले माफी मागेको इजरायलले जानकारी दिएको हो । प्रधानमन्त्री बेनेटको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'लाभरोभको टिप्पणीका लागि राष्ट्रपति पुटिनले मागेको माफी प्रधानमन्त्रीले स्वीकार गर्नुभयो र यहुदी जनता र प्रलयको सम्झनामा राष्ट्रपतिको दृष्टिकोण स्पष्ट गरेकोमा उहाँलाई धन्यवाद दिनुभयो।'

यद्यपि फोन वार्तापछि रुसले जारी गरेको विज्ञप्तिमा भने माफीको विषय उल्लेख गरिएको छैन । यसको सट्टा उनीहरूले दोस्रो विश्वयुद्धमा नाजी पराजयलाई सङ्केत गर्दै मे ९ को विजय दिवसको कुरा समावेश गरिएको छ ।

मस्कोको आक्रमणपछि बेनेट रुस र युक्रेनबीचको सम्भावित मध्यस्थकर्ताको रूपमा उभिएका थिए । तर रुसी विदेश मन्त्री सर्गेई लाभरोभले यहुदीहरूका लागि गहिरो आपत्तिजनक होलोकास्टको बारेमा टिप्पणी गरेपछि यो विषयमा शङ्का उत्पन्न भएको छ ।

इटालियन समाचार च्यानलसँगको एक अन्तर्वार्तामा विदेशमन्त्री लाभराभले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की यहुदी भए पनि फरक नपर्ने भन्दै हिटलरको जरासमेत यहुदी हुनसक्ने भन्दै यहुदीलाई घोच लाग्ने किसिमको टिप्पणी गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ