arrow

जी ७ का नेताहरूले युक्रेनका राष्ट्रपतिसँग छलफल गर्ने 

logo
एएफपी,
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
Volodymyr Zelenskyy.jpg

बर्लिन । विश्वका प्रमुख सात देशका नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने भएका छन् ।  अर्थतन्त्रमा मजबुत मानिएका ती देशका नेताहरूले युक्रेनलाई गर्न सकिने सहयोगका बारेमा छलफल गर्नु भएको अधिकारीहरूले जनाएका छन् ।

जर्मन सरकारका एक जना प्रवक्ताले आगामी आइतबार उहाँहरूका बीचमा छलफल हुने शुक्रबार जानकारी दिएका छन् ।  अहिले जी ७ को अध्यक्ष समेत रहेको जर्मनीले नै बैठकको संयोजन गरेको समाचारमा जनाइएको छ । 

जर्मन प्रवक्ता क्रिश्चियन होफमानले पत्रकारहरुसँग भने, “जर्मनीका चान्सलर अलाफ सोल्जले नै बैठकको संयोजन गर्नुहुने भएको छ ।” उनका अनुसार भिडियो मार्फत हुने यस्तो बैठक यस वर्षमात्रै अहिले तेस्रो पटक हुन लागेको हो ।  

दोस्रो विश्व युद्ध अन्त्य भएको ऐतिहासिक दिनको रुपमा लिइने मे ८ कै दिन यस पटकको बैठक हुन लागेको जनाइएको छ । बैठकमा विश्वव्यापी समसामयिक विविध विषयमा सामान्य छलफल गरी मुख्य छलफल युक्रेन सङ्कटमा केन्द्रित हुने अधिकारीहरूले जनाएका छन् । 

बैठकमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले देशको अहिलेको अवस्था र आवश्यकताका बारेमा विश्वका प्रभावशाली ती नेताहरूलाई जानकारी दिनेछन् ।

जी ७ का नेताहरू युक्रेनलाई सहयोग गर्ने र रुसलाई आक्रमण अन्त्यका लागि दवाव दिने पक्षमा रहँदै आएका छन् । 

जी ७ अन्तर्गत क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका पर्दछन् । ती सबै देशले  पहिले देखि नै युक्रेनको पक्षमा आफ्नो मत जाहेर गरिरहेका थिए भने आ आफ्नो तर्फबाट युक्रेनलाई यसअघि पनि सहयोग गर्दै आएका थिए । 

गत फेब्रुअरीको अन्त्य तिर रुसले युक्रेनमाथि आक्रमण सुरु गरेकोमा अहिलेसम्म सयौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् । ठूलो भौतिक क्षति पनि भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ