arrow

रुसी सेनाको कब्जाबाट पाँच ओटा गाउँ पुनः फिर्ता - युक्रेनी सेना

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख २४ शनिबार
ukraine-donbas.jpg
फाइल तस्बिर

किभ। युक्रेनले खार्किभ सहरनजिकै रुसी सेनाविरुद्ध प्रतिआक्रमण जारी राखेको जनाएको छ। युक्रेनले पाँच वटा गाउँ पुनः कब्जा गरेको जनाएको छ। युक्रेनीहरूले चाँडै खार्किभलाई रुसी तोपखानाको खतराबाट मुक्त गर्न सक्ने अमेरिकास्थित एउटा युद्ध अध्ययन संस्थानले जनाएको छ। यसैबीच, पूर्वी बन्दरगाह सहर मारिओपोलको एजोभस्टल स्टिल कारखानाबाट शुक्रवार थप ५० सर्वसाधारणको उद्धार भएको छ।

सो कारखानालाई रुसी सेनाले केही सातादेखि आफ्नो घेराबन्दीमा राखेको छ। यसअघि कारखानाभित्रको बङ्करमा लुकेका ५ सय सर्वसाधारणको उद्धार भएका थियो।

यसैबीच, रुसी सेनाविरुद्ध प्रतिकार गर्न अमेरिकाले थप १५० मिलियन डलर बराबरको सैन्य सहयोगको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो सहयोग घोषणा गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ