arrow

विपक्षीले माओवादीका उम्मेदवारलाई मिठाईमा विष मिसाएर खुवाए, सर्लाहीमा तनाव 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
maoist_flag1.jpeg

सर्लाही । नेकपा ( माओवादी केन्द्र) को वडाध्यक्षका उम्मेदवार शेख इस्तिहारसहितका उम्मेदवारलाई घरदैलोको क्रममा विपक्षी दलका कार्यकर्ताले मिठाईमा विष मिसाएर खुवाएका छन् । 

विपक्षी दलका कार्यकर्ताले मिठाईमा विष मिसाएर सेवन गराएको माओवादी केन्द्र हरिवनका नगर कमिटी अध्यक्ष अर्जुन पन्तले जानकारी दिए ।  

आइतबार दिउँसो घरदैलोको क्रममा माओवादीका वडाध्यक्ष उम्मेदवार इस्तिहारसहितका उम्मेदवारलाई घरदैलोको क्रममा विपक्षीका कार्यकर्ताले मिठाई खुवाएका थिए ।

घटनालाई लिएर माओवादीका कार्यकर्ताले प्रदर्शन गर्दा सर्लाहीको हरिवन बजार तनावग्रस्त बनेको छ । 

विष सेवन गराइएकामध्ये  गम्भीर अवस्थामा रहेका वडाध्यक्ष पदका उम्मेदवार इस्तिहारलाई थप उपचारका लागि हरिवनस्थित स्वाभिमान अस्पताल हरिवनमा सामान्य उपचारपछि वीरगन्ज रेफर लगिएको छ । 

अन्य घाइतेको हरिवनमै उपचार चलिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ