arrow

रूसले युक्रेनको विद्यालयमा बम हान्यो, ६० जनाको ज्यान गएको आशङ्का

युक्रेनी लडाकु भन्छन्- सास रहुन्जेल लड्छाैं

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
russia-bombed-school-ukraine.jpg

काठमाडौं । पूर्वी युक्रेनी क्षेत्र लुहान्स्कको एउटा गाउँको विद्यालयमा रुसले बम बिष्फोट गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको आशङ्का गरिएको क्षेत्रीय गभर्नरले आइतबार बताएका छन् ।

गभर्नर सेर्ही गैडाईले शनिवार दिउँसो रुसी सेनाले बिलोहोरिभ्काको विद्यालयमा बम खसालेको जानकारी दिएका हुन् ।  करिब ९० जनाले आश्रय लिएको उक्त भवनमा चार घण्टासम्म आगो लागेको थियो।

'तीस जनालाई भग्नावशेषबाट निकालिएको थियो, जसमध्ये सात जना घाइते भएका थिए। भवनको भग्नावशेषमुनि ६० जनाको मृत्यु भएको हुनसक्ने सम्भावना छ,' गैडाईले टेलिग्राम मेसेजिङ एपमा लेखेका छन्, 'दुई वटा शव फेला परेको छ।'

रुसी सेनाले युद्धका क्रममा सर्वसाधारणलाई निशाना बनाएको युक्रेनले बताउँदै आएको छ । तर, रुसले यो दाबी अस्वीकार गरेको छ ।

विजय दिवसमा भावुक सम्बोधन गर्दै राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसको आक्रमणपछि युक्रेनमा ‘दुष्टता फर्किएको’ बताएका छन् ।

यस्तै उनले मारिउपोलस्थित एजोभस्टल स्टिल प्लान्टबाट ३०० नागरिकलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् । एजोभस्टल स्टिल प्लान्टमा रहेका लडाकुहरूले आफ्नो सास रहुन्जेल लड्ने वाचा गरेका छन् ।

'रुसी कब्जाकर्ताहरूलाई हटाउन हामी जीवित रहेसम्म लडाइँ जारी राख्नेछौँ,' युक्रेनको अति दक्षिणपन्थी अजोभ रेजिमेन्टका डेपुटी कमाण्डर क्याप्टेन स्वियाटोस्लाभ पालामारले अनलाइन सम्मेलनमा भनेका छन्। 

मारिउपोलको प्लान्टबाट घाइते सैनिकहरूलाई बाहिर निकाल्न अन्तर्राष्ट्रिय समुदायसँग बिन्ती गर्दै उनले अघि भनेका छन्, 'हामीसँग धेरै समय छैन, हामी तीव्र गोलाबारीमा पर्दैछौं ।'

उनले स्टिल मिलमा फसेका लडाकुहरूलाई उद्धार गर्न 'अत्यन्तै गाह्रो भइरहेको बताउँदै उनले आवश्यक' प्रयासहरू जारी राख्ने बताएका छन् ।

यसबीच जी७का नेताहरूले आजै जेलेन्स्कीसँग भर्चुअल बैठक गर्ने तयारी गरेका छन्। बेलायतले  युक्रेनलाई थप १.६ अर्ब डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ