arrow

चिनियाँ मुद्रा युआनको भाउ डेढ वर्ष यताकै न्यून

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
china-yuan.jpg

काठमाडौं । सोमबारको प्रारम्भिक व्यापारमा चिनियाँ मुद्रा युआन १८ महिनायताकै न्यून मूल्यमा आएको छ । डलर निरन्तर बलियो बन्दै गएका बेला र सुस्त अर्थतन्त्रको चिन्ताकाबीच चिनियाँ मुद्रा युआनमा दबाब बढेको हो ।

बजार खुल्नुअघि पिपुल्स बैंक अफ चाइनाले मिडपोइन्ट रेट ६.६८९९ प्रति डलर, ५६७ पिप्स वा अघिल्लो फिक्स ६.६३३२ भन्दा ०.८५ प्रतिशतले कम देखाएको छ । यो ३ नोभेम्बर २०२० पछिको सबैभन्दा न्यून बिन्दुमा पुगेको हो । 

कोभिड १९ को महामारी, लकडाउन र महामारीविरुद्ध चिनियाँ कडा नीतिले यो अवस्था सिर्जना गरेको र मुद्राको भाउ घट्दै जान सक्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।

सांघाईका अधिकारीहरूले एक महिना अघिदेखि लगाएको लकडाउन अझै पनि झन् कडाइका साथ जारी राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ