arrow

युद्धबीच युक्रेनले अप्रिलमा निर्यात गर्‍यो १० लाख टन अन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
ukraine-food-export.jpg

काठमाडौं । युक्रेनले यस वर्ष हालसम्म ७० लाख हेक्टर जमीनमा वसन्तको बाली रोपेको छ । जुन सन् २०२१ को यसै समयावधिको तुलनामा २५ देखि ३० प्रतिशतले कम हो ।

युक्रेनकी कृषि मन्त्री माइकोला सोल्स्कीले सोमबार जानकारी दिए अनुसार अप्रिल महिनामा युक्रेनले दश लाख टन अन्न निर्यात गरेको छ । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ ।

रुसले युक्रेनी बन्दरगाहहरूमा नाकाबन्दी गरिरहेको बेला रोमानिया हुँदै युक्रेनी अन्नको निर्यातको महत्त्वलाई उनले सङ्केत गरेका छन् । तर रोमानिया र बुल्गेरियामा नयाँ गहुँ बालीको निर्यातबाट यो निर्यात दुई महिनामा जटिल हुनसक्ने उनको भनाइ छ ।

यस्तै उनले कठिनाइका बाबजुद पनि बाली रोपण अभियान सक्रिय रूपमा चलिरहेको सोल्स्कीले बताएका छन् । रुसको आक्रमणले अन्तर्राष्ट्रिय वित्तीय बजारमा अस्थिरता थपेको छ । बस्तुको मूल्य बढेको छ र खाद्यलाई असर गरेको छ।

अन्तर्राष्ट्रिय ग्रेन काउन्सिलको तथ्याङ्क अनुसार युक्रेन २०२० र सन् २०२१ सिजनमा मकैको विश्वको चौथो ठूलो निर्यातकर्ता र गहुँको छैटौँ निर्यातकर्ता हो ।

संयुक्त राष्ट्र खाद्य एजेन्सीका अधिकारीले शुक्रबार पूर्वाधार चुनौती र ब्ल्याक सीका बन्दरगाह अवरुद्ध भएका कारण लगभग २ करोड ५० लाख टन अन्न युक्रेनमा अड्किएको बताएका छन् ।

युक्रेनका कृषि अधिकारीहरूले निर्यातयोग्य १२ करोड टन अन्न रहेको र यो निर्यात नभएमा नयाँ बाली भित्र्याउन कठिन हुने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ