arrow

पानी पर्ने अनुमानसँगै निर्वाचन आयोग चिन्तितः मतदान र गणनामा त्रिपालको व्यवस्था गर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
election-commission-locla-gov.jpg

काठमाडौं । निर्वाचन आयोगले बैशाख ३० गतेको निर्वाचनलाई वर्षाले प्रभावित पार्न नसक्ने व्यवस्थापनका लागि स्थानीय तहहरुलाई निर्देशन दिएको छ । मौसमविद्हरुले हाल नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको र त्यसले बैशाख ३० गतेको निर्वाचनका दिन पानी पर्ने सम्भावना रहेकोले निर्वाचन केन्द्र, मतपेटिका र गणनाको सुरक्षाका लागि आयोगलाई सुझाव दिइरहँदा आयोगले मतदान हुनेसबै मतदान केन्द्रहरुमा वर्षातको पानीबाट मतदान कार्य र सो पश्चात मतगणना कार्य प्रभावित नहुनेगरी जोगाउने व्यवस्थाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरुलाई निर्देशन दिएको जनाएको छ ।

त्यसका साथै आवश्यक समन्वय एवं सहजीकरणका लागि गृह मन्त्रालय मार्फत सबै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन गर्ने निर्णय गरिएको आयोगले जनाएको छ । 

त्यसका लागि पाल त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्न सबै स्थानीय तहहरुले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ