arrow

इजरेली सेनाद्धारा अल जजिराकी पत्रकारको टाउकोमा गोली हानी हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
shireen-abu-akleh-twitter-0214-exlarge-169.jpg

काठमाडौं । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली सेनाले कब्जा गरेको वेस्ट बैङ्कमा अल जजिराकी पत्रकार शिरीन अबु अक्लेहलाई गोली हानी हत्या गरेको छ। 

मन्त्रालय र अल जजिराका पत्रकारहरूका अनुसार जेनिन सहरमा इजरेली आक्रमणहरूको  कभर गर्ने क्रममा बुधवार  उनीमाथि प्रत्यक्ष गोली प्रहार भएको हो ।

त्यसपछि गम्भीर अवस्थामा उनलाई अस्पताल लगिए पनि अस्पतालमा उनलाई मृत घोषित गरिएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको अल जजिराले उल्लेख गरेको छ ।

'उनको मृत्युको परिस्थिति स्पष्ट नभए पनि, घटनाको भिडियोहरूले अबु अक्लेहको टाउकोमा गोली लागेको देखाउँदछ,' अल जजिराकी निदा इब्राहिमले अल जजिरालाई भनेकी छन् ।

निदा इब्राहिमले अघि भनेकी छन्, 'तपाईले कल्पना गर्न सक्नुहुन्छ, यो उनीसँग काम गरिरहेका पत्रकारहरूका लागि स्तब्ध पूर्ण हो।'

अबु अक्लेहले सन् २००० मा दोस्रो प्यालेस्टिनी इन्टिफादाको शुरुवातदेखि अल जजीरासँग काम गरिरहेको बताइएको छ । यस विषयमा इजरेली सेनाबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ