arrow

पुटिनले युद्ध झन् बढाउने अमेरिकी गुप्तचरको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
Putin_Press_confrence.jpeg

काठमाडौं । अमेरिकी गुप्तचर निकायले पूर्वमा जित हासिल गरे पनि भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारी गरिरहेका कारण द्वन्द्व अन्त्य नहुने सम्भावना रहेको चेतावनी दिएको छ।

युक्रेनको पूर्वमा रुसले भूभाग कब्जा गर्न खोज्दा भइरहेको भयङ्कर लडाइँ जारी रहेको बेला अमेरिकी गुप्तचरले यस्तो चेतावनी दिएको हो ।

युक्रेनले आफ्नो राजधानी कीभ कब्जा गर्ने प्रयासको प्रतिरोध गरेपछि मस्कोले डोनबास क्षेत्र कब्जामा आफ्ना सेनाहरूलाई पुनः केन्द्रित गरेको थियो ।

राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले मङ्गलवार अमेरिकी सिनेट समितिको सुनुवाइमा पुटिन अझै पनि 'डोनबासभन्दा बाहिरका लक्ष्यहरू हासिल गर्न' चाहिरहेको बताएकी हुन् । 

तर, पुटिनले 'आफ्नो महत्त्वाकाङ्क्षा र वर्तमान सैन्य क्षमताहरू बीचको बेमेलको सामना गरिरहेको' खुफिया निर्देशक एभ्रिल हेन्सले भनेकी छन् ।

रुसी राष्ट्रपतिले युद्ध जारी रहँदा 'थप कठोर कदम चाल्न सक्ने' उनको भनाइ छ । तर, रुसले आणविक हतियार भने आफ्नो अस्तित्वको खतरा महसुस गरेमा मात्रै प्रयोग गर्ने छ ।

डिफेन्स इन्टेलिजेन्स एजेन्सीका निर्देशक स्कट बेरियरले सोही सुनुवाइलाई रुसी र युक्रेनीहरू केही गतिरोधमा भएको बताएका छन् । पछिल्लो युद्धमा युक्रेनले उत्तर पूर्वी खार्किभ क्षेत्रका चार वटा बस्तीहरू पुनः कब्जा गरेको दाबी गरेको छ।

युक्रेनको सशस्त्र सेनाले चेर्कासी टिश्की, रुस्की टिश्की, रुबिझ्ने र बायराकलाई रुसबाट फिर्ता लिएको बताएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सफलताले रुसी सेनालाई युद्ध सुरु भएदेखि नै बम बारी भइरहेको खार्किभबाट बिस्तारै बाहिर धकेलिरहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ