arrow

नौ महिनामा भित्रियो ७ खर्ब २४ अर्ब रेमिट्यान्स

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
nepal-rastra-bank.jpeg
तस्बिर– फाइल

काठमाडौं । नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो नौ महिनामा नेपालमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७–७८ को सोही अवधिको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्समा ०।६ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्ष सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्समा २।२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३.१ प्रतिशतले बढेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ