arrow

श्री: कपिल मुनि

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
Kapil-Muni1.jpg

श्रीमद् भगवद्गीतामा श्रीकृष्णले अर्जुनलाई आफ्ना विभूतिहरूको वर्णन सुनाउँदा सिद्धहरूमा म कपिल मुनि हुं भन्नुभएको छ । त्यसै गरी उहाँले मेरो विभूतिहरूको अन्त्य पनि छैन भन्नु भएको छ तर पनि कुनै रूपमा अवतार लिएर भक्तहरूलाई ज्ञान दिन अवतरित हुनुहुन्छ । यसै अवतार मध्ये एक अवतार कपिल मुनिको हो । 

कपिल मुनिको पिताको नाम कर्दम र आमाको नाम देवहूति थियो । कर्दम ऋषिले सरस्वती नदीको किनारामा निकै वर्षसम्म ठूलो तपस्या गरी रहे । उनको तपस्याले खुसी भएर श्रीनारायणले उनलाई दर्शन दिनुभयो र आफूलाई चाहिएको वर माग्ने आग्रह गर्नुभयो । 

उनले भगवान्संग आफूलाई सत्सङ्ग गरेर समय बिताउने र भक्ति भएकी कन्यासँग विवाह गर्न पाउनु पर्ने कुरा बताए । श्री नारायणले पनि मनु महाराजकी छोरी देवहूतिसंग विवाह गरे उनको गृहस्थ आश्रम सफल हुने कुरा बताउनुभयो ।

राजा मनु छोरीको बढ्दो उमेरले गर्दा चिन्तित थिए । उनीकहाँ नारद ऋषि पुगे । उनी चिन्तित भएको देखेर उनले देवहूतिलाई कर्दम ऋषिलाई कन्यादान गर्नु भनेर सुझाए । दुवैको विवाह भयो । 

कर्दम ऋषि एक पुत्र प्राप्त भएपछि संन्यास लिने मनसुवामा थिए तर देवहूतिको गर्भबाट नौ वटा कन्याले जन्म लिए । देवहूतिलाई भने एक पुत्रले जन्म लिएपछि मात्र संन्यासमा जान दिने अठोट गरेकी थिइन् । देवहूति ऋषिलाई तपाईँले संन्यास लिएपछि यी नौ वटा कन्याको विवाह कसले गरिदिने आदि भनी रहन्थिन् । गृहस्थमा रहँदा यस्ता कुरा भइरहनु स्वाभाविकै हो । 

एक समय कर्दम ऋषिले भगवान्ले आफ्नो घरमा आउने प्रतिज्ञा गरेको कुरा सम्झे अनि आजसम्म किन नआउनु भएको होला भनेर सोच्दै थिए । 

उनले आफू विषय भोगमा लम्पट भएकोले भगवान् नआउनु भएको होला भनेर आत्मालोचना गरिरहे । किनभने विलासी पुरुषलाई भगवान्को दर्शन मिल्न कठिन नै हुन्छ, जुन पवित्र मन नभएसम्म सम्भव नै हुँदैन । श्री शिवपुरी बाबा पनि आज्ञा हुन्थ्यो, मन शुद्ध हुनुपर्छ, अनि परमात्मा चिन्तन गर्न सकिन्छ र यसरी शुद्ध मनले परमात्माको ध्यान गर्नाले परमात्माले दर्शन दिनुहुन्छ । (क्रमशः..........)

(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ