arrow

तीन वटै खोप लगाएका बिल गेट्सलाई संक्रमण

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
bill-gates-africa.jpg

वासिङ्टन । बुस्टरसहित तीन वटै खोप लगाएका अर्बपति बिल गेट्सलाई कोभिड-१९ संक्रमण भएको छ । संक्रमण देखिएपछि गेट्स विशेषज्ञहरूको सल्लाह अनुसार अलग्गै क्वारेन्टाइनमा बसेका छन् । 

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बुधबार आफूलाईसंक्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको जानकारी गराएका थिए ।  

उनीद्वारा ट्वीटरमा जारी सन्देशमा आफूले पूर्ण मात्रा खोप लगाएको, परीक्षण र चिकित्सा उपचार लिइरहेको बताइएको छ ।

“मलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । अहिले मलाई कोभिडका हल्का लक्षणहरू देखिएको अनुभव गर्दैछु र म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरूको सल्लाह पालना गर्दैछु,” उनले लेखेका छन् ।

“मैले बुस्टरसहित तीन वटै खोप लगाइसकेको छु । खोप लगाउन, परीक्षण तथा महान चिकित्सा उपचारको पहुँच पाएकोमा म आफूलाई भाग्यशाली ठानेको छु,” उनले ट्वीटमा भनेका छन् ।

उनी आफ्नो बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेशनसँग कोभिड-१९ निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय सहभागी भएका छन् । 

विश्वका अति धनाड्य व्यक्ति अर्बपति बिल गेट्सले ‘अर्को महामारीलाई कसरी रोक्ने’ शीर्षकमा नयाँ किताब मे को सुरुतिर प्रकाशन तथा सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ