arrow

पहिलो पटक उत्तर कोरियामा फैलियो कोरोना, किमले दिए देशव्यापी लकडाउनको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
kim-jong-un-north-pendamic.PNG

काठमाडौं । कोभिड-१९ संक्रमणको महामारी चले यता उत्तर कोरियामा पहिलो पटक प्रकोप फैलिएको त्यहाँको सरकारी सञ्चार माध्यम केसीएनले जनाएको छ । 

बिहीबार प्योङयाङमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भ्यारियन्ट फेला परेपछि राष्ट्र प्रमुख किम जोङ उनले राष्ट्रव्यापी लकडाउनको आदेश दिएका छन् ।

'देशमा सबैभन्दा ठूलो आपतकालीन घटना भएको छ, विगत २ वर्षयता र सन् २०२० को तीन महिनासम्म सुरक्षित राखिएको हाम्रो आपतकालीन क्वारेन्टाइन फ्रन्टमा छिद्र परेको छ,' केसीएनए समाचार एजेन्सीले भनेको छ ।

संक्रमित व्यक्तिको नमूना वैशाख ८ गते लिइएको थियो । कोरोनाभाइरसको फैलावट रोक्नको लागि किम जोङ उनले देशका सबै शहरहरू र काउन्टीहरूलाई आफ्ना क्षेत्रहरूमा 'कडा रूपमा लकडाउन' गर्न आदेश दिएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ