arrow

घ्यूदेखि पिउने पानीसम्ममा कालोबजारी, ६४ उद्योग कारबाहीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
industry-commerce-supply-ministry.jpg

काठमाडौं ।  विभिन्न प्रकारका अखाद्य र दूषित पिउने पानी उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा ६४ उद्योगलाई कानुनी कारबाही गरिने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ती उद्योगलाई कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा मुद्दा दर्ता गरिसकेको छ । 

चालु आर्थिक वर्षको नौ महिनाको आवधिमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्य बस्तु उत्पादन गरेको अभियोगमा उनीहरूलाई कालोबजारी ऐनअनुसार कानुनी कारबाही हुने विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले राससलाई जानकारी दिए । 

लेवल नराखी बिक्री वितरणमा ल्याइएका १९ र अखाद्य बस्तु उत्पादन गरेका ४५ उद्योगलाई कालोबजारी ऐन २०३२ ले  हदैसम्मको कारबाही अन्तर्गत १० वर्षसम्म कैद र जरिवाना तोकेको छ । 

महर्जनका अनुसार विभिन्न शीर्षकमा भइरहेको र अखाद्य बस्तु उत्पादन गर्ने, दालमोठ, मिट मसला, सब्जी मसला, मिक्स मसला, मसलाजन्य बस्तु जिराको धुलो, मुसुराको दाल, घ्यू, दूध तथा दुग्धजन्य पदार्थ, आयातित तोरीको तेल, प्रशोधित पिउने पानी, स्टिम नुडल्स्, जिराको धुलो, चियालगायतको धुलो उद्योगलाई कारबाही गरिने भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ