arrow

नेटोमा सामेल भए परिणाम भाेग्न तयार हुनुपर्छ भन्दै फिनल्याण्डलाई रुसको चेतावनी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
Finland-sweden-nato-finlandnato.jpg

काठमाडौं। नेटोमा सामेल भएमा त्यसका परिणामहरु भोग्नका लागि तयार हुनुपर्ने भन्दै रुसले फिनल्याण्डलाई चेतावनी दिएको छ। बिहीबार फिनल्याण्डले नेटोमा सामेल हुने तयारी गरिरहेको बताएको छ।

फिनल्याण्डले १५ मेमा नेटोमा सामेल हुने नहुनेबारे अन्तिम घोषणा गर्ने बताएको थियो । यस बिषयमा मस्कोले फिनल्याण्डको घोषणालाई शत्रुतापूर्ण भन्दै र अनिर्दिष्ट सैन्य (प्राविधिक) उपायहरू सहित बदला लिने धम्की दिएको हो।

'यस्तो कदमको जिम्मेवारी र परिणामबारे हेलसिंकी (फिनल्याण्डको राजधानी) सचेत हुनुपर्छ,' रुसी विदेशमन्त्रालयले भनेको छ ।

नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले फिनल्याण्डलाई स्वागत गर्दै चाँडै संगठनमा सामेल गर्ने बताएका थिए । ह्वाइट हाउसले पनि यो कदमलाई समर्थन गररेको छ ।

पश्चिमा गठबन्धनले रुसलाई घेरा हाल्ने स्थिती बन्न लागेको भन्दै रुसले भने यसको विरोध गरिरहेको देखिन्छ । यहाँसम्मकि युक्रेनयुद्धको कारणसमेत पुटिनले पश्चिमा नै भएको बताउने गरेका छन् ।

फिनल्याण्डपछि स्वीडेनसमेत नेटोमा सामेल हुने तयारी गरिरहेका बेला मस्कोले भने कडा बदला र खतराको चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ