arrow

पश्चिमाले गरिरहेको 'हाइब्रिड युद्ध'को परिणाम सबैले भोग्नेछन्- रुस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
putin-russia-ill.jpg

काठमाडौं । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले रुसलाई एक्लो पार्ने पश्चिमा देशको प्रयास असफल हुने बताएका छन् । यसो भनिरहँदा उनले चीन, भारत, अल्जेरिया र खाडी मुलुकसँगको सम्बन्धको महत्वलाई भने स्पष्ट रुपमा औंल्याएका छन् ।

‘पश्चिमले हामीमाथि सामूहिक रुपमा पूर्ण हाइब्रिड युद्धको घोषणा गरेको छ । यो सबै कहिलेसम्म चल्छ भनेर भविष्यवाणी गर्न गाह्रो छ । तर यो स्पष्ट छ कि यसको परिणाम अपवाद बिना सबैले महसुस गर्नेछन्’, उनले युक्रेनमा आक्रमण गरेको ८० औं दिनमा मस्कोबाट एक भाषणमा बोल्दै यस्तो भनेका हुन् ।

‘हामीले सोझो भिडन्तबाट बच्न सबै प्रयास गर्यौं, तर अब चुनौती फ्याँकिएको छ, हामी पक्कै पनि यसलाई स्वीकार गर्दछौं । हामी प्रतिबन्धहरूका लागि अपरिचित होइनौं ती प्रतिबन्धहरु सधैं कुनै न कुनै रूपमा लागेका नै थिए’, उनले भनेका छन् ।

रुसले युक्रेनमाथिको युद्धमा पश्चिमाले सहयोग र उक्साइरहेको भन्दै आरोप लगाउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ