arrow

फिनल्याण्डलाई पुटिनको चेतावनी: नेटोमा सामेल हुनु गल्ती हुनेछ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
Finland-sweden-nato-finlandnato.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना फिनल्याण्डका समकक्षीलाई नेटोमा सामेल हुनु गल्ती हुनेछ भन्दै कडा चेतावनी दिएका छन् । नेटोमा सामेल हुने बताएसँगै मस्कोले नोर्डिक देश  फिनल्याण्डलाई बिजुली आपूर्ति बन्द गरिसकेको छ ।

'फिनल्याण्डको सुरक्षामा कुनै खतरा नभएकोले सैन्य तटस्थताको परम्परागत नीतिको अन्त्य गल्ती हुनेछ भनी पुटिनले जोड दिए,' क्रेमलिनले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

'देशको राजनीतिक अभिमुखीकरणमा यस्तो परिवर्तनले साझेदारहरू बीच असल छिमेकी र सहयोगको भावनामा वर्षौंदेखि विकसित रूसी-फिनिश सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्छ,'  विज्ञप्तिमा अघि भनिएको छ ।

यसबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन नेटो बैठकमा भाग लिन जर्मनी पुगेका छन् । बर्लिनमा नेटोका विदेशमन्त्रीहरूको अनौपचारिक बैठकअघि ब्लिन्केन जर्मनी पुगेका हुन् ।

बैठकले फिनल्याण्ड र स्वीडेनलाई सैन्य गठबन्धनमा सामेल गराउने एवं रुससँगको द्वन्द्वमा नपरिकन युक्रेनलाई सहयोग गर्ने विषयमा छलफल गर्न सक्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ