arrow

लाइभ गर्दै न्यूयोर्कमा १८ वर्षीय युवकद्वारा गोली हानी १० जनाको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
newyork-gunman-gunshoot.jpg

काठमाडौं । अमेरिकाको न्यूयोर्क राज्यमा १८ वर्षीय सेतो बन्दुकधारीले शनिवार १० जनाको गोली हत्या गरेका छन् । थप तीन जना घाइते भएका छन् ।

आक्रमण शैलीको राइफल बोकेर एक्लै आएको देखिएका ती सन्दिग्धले दिउँसो आक्रमण गर्दै गर्दाको भिडियो अमेजनको स्वामित्वमा रहेको सोसल मिडिया प्लेटफर्म ट्विचमा सेयर गरेका थिए ।

आक्रमणका लागि १८ वर्षीय ती युवक आफ्नो घरबाट गाडी चलाएर केही घण्टा टाढा बफेलो (Buffalo) मा गएको थिए । त्यहाँको सुपर मार्केटमा उनले गोली चलाएका हुन् ।

अदालतका कागजातहरूले सन्दिग्धको नाम कन्क्लिनको पेटोन गेन्ड्रोन भनेर उल्लेख गरेको छ । कन्क्लिन पेन्सिलभेनिया सीमा नजिकै न्यु योर्कको दक्षिणी टियर क्षेत्रको करिब ५००० मानिसहरूको सहर हो ।

ती युवकलाई केही घण्टामै राज्य अदालतमा फर्स्ट डिग्री हत्याको आरोपमा उपस्थित गराइएको छ । अहिले जेलमा राखिएका युवकलाई अधिकतम दण्ड दिइने बताइएको छ । न्यूयोर्कमा मृत्युदण्डको कानून भने छैन ।

१० जना काला जातिकाहरु माथि नै गोली चलाएका कारण यसलाई जातीय हिंसात्मक घटनाको रूपमा हेरिएको छ । सोही अनुसार हत्या र जातीय हिंसासहितका दुई मुद्दा चलाइएको बताइएको छ ।

ती युवकलाई प्रहरीले पक्राउ गर्नुअघि उनले आफूमाथि पनि गोली चलाउन खोजेका थिए ।

अमेरिकी राष्ट्रपति जाे बाइडेनले घटनामाथि छानबिन गर्न भनेका छन् । घटनाको बारेमा थप विस्तृत अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ