arrow

शुक्रबार नेपाल आउँदै अमेरिकी उपमन्त्री जिया

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
Uzra_Zeya,_Under_Secretary_of_State.jpg

काठमाडौं । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया आगामी शुक्रबार नेपाल भ्रमणमा आउने भएकी छन् । अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै उनको नेपाल भ्रमण पुष्टि गरेको हो ।

उपमन्त्री जिया मे २० देखि २२ अर्थात् जेठ ६ देखि ८ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएकी हुन् । परराष्ट्र मन्त्रालयले आधिकारिक रुपमा जानकारी नदिए पनि उप मन्त्री जियाले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायत उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने बताइएको छ ।

उप मन्त्री जियाको यो भ्रमण पछिल्लो एक दशमा हुन लागेको अमेरिकी अधिकारीहरुको उच्च भ्रमण हो । उपमन्त्री जियासँगै भ्रमणको प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेशमन्त्रालयका अनुसार उपमन्त्री जिया नेतृत्वको टोली भारत भ्रमणका लागि निस्किसकेको छ । टोलीले मे १७ अर्थात् आजदेखि मे २० सम्म भारतको भ्रमण गर्नेछ । त्यसपछि उक्त टोली नेपाल आउन लागेको हो ।

नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वर्ष गाँठको अवसरमा अमेरिकाबाट उच्चस्तरीय भ्रमण भइरहेको हो।

यसअघि वैशाखको ९ देखि ११ मा सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा ५ सदस्यीय अमेरिकी सांसदहरूको टोलीले नेपालको भ्रमण गरेको थियो । 

त्यसअघि बैशाख ६ देखि ८ सम्म दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङले नेपालको भ्रमण गरेकी थिइन् ।

गत फागुन १५ मा सरकारले एमसीसी अनुमोदन गर्नु अघि अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री डोनाल्ड लुले पनि नेपालको भ्रमण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ