arrow

टर्कीले दियो फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल हुन नदिने धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
Turkey-threatens-to-block-Sweden-and-Finland-from-joining-NATO.jpg

काठमाडौं । टर्कीका राष्ट्रपतिले फिनल्याण्ड र स्वीडेनको नेटोमा सामेल हुने निर्णयलाई लिएर दोस्रो पटक विरोध गरेका छन् । नेटोको प्रमुख सदस्यमध्येको एक टर्कीका रिसेप तैयप एर्डोगानले दुई नर्डिक राष्ट्रहरूले आफ्नो देश (टर्की) लाई मनाउन प्रतिनिधिमण्डल पठाउन नखोज्नसमेत भनेका छन् ।

कुर्दिश लडाकुहरूलाई साथ र समर्थन दिने स्वीडेन र फिनल्याण्डको मनसायलाई लिएर टर्कीले विरोध गरेको हो । नेटोमा सामेल हुने कुनै पनि देशले सबै सदस्यहरुको पूर्ण समर्थन पाउन आवश्यक हुने गर्छ ।

टर्की एक्लैले मात्रै पनि विरोध गर्दा फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल हुन सक्ने छैनन् ।

सोमबार स्वीडेनले युक्रेनमा रुसको आक्रमणलाई संकेत गर्दै युरोप खतरनाक नयाँ वास्तविकतामा बाँचिरहेको बताएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फिनल्याण्ड र स्वीडेनको ३० सदस्यीय सैन्य गठबन्धनमा सामेल हुने कदमले मास्कोलाई प्रत्यक्ष धम्की नदिएको तर कुनै पनि किसिमको सैन्य पूर्वाधार विस्तारले भयो भने क्रेमलिनले प्रतिक्रिया दिने बताएका छन् ।

सोमबार पत्रकार सम्मेलनमा बोल्दै एर्डोगानले नेटोमा सामेल हुने फिनल्याण्ड र स्वीडेनको घोषणाको टर्कीले विरोध गरेको बताएका हुन् । उनले स्वीडेनलाई आतंकवादी संगठनहरूको ह्याचरीको संज्ञासमेत दिएका छन् ।

एर्डोगानले यी दुवैमध्ये कुनै पनि देशको आतंककारी संगठनप्रति स्पष्ट र खुला दृष्टिकोण नभएको भन्दै यिनीहरुमाथि कसरी विश्वास गर्ने भनेर प्रश्नसमेत गरेका छन् ।

आतंकवादी संगठनको रूपमा रहेका कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का सदस्यहरूलाई दुई नर्डिक राष्ट्रहरूले शरण दिएकोमा टर्कीले आक्रोश पोख्दै आएको छ । अंकाराले फेथुल्लाह गुलेनका अनुयायीहरू समेत रहेका तीनीहरुले २०१६मा कू गर्ने प्रयास गरेकोसमेत बताउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ