arrow

झिनो अंकले सुधारियो नेप्से 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
bull-stock-nepse-share.jpg
तस्बिर– फाइल

काठमाडौं । सेयर बजार नेप्से बुधबार करिब ९ अंकले सुधार आएको छ। हिजो मंगलबार ८४ अंकले घटेको नेप्से परिसूचक बुधबार ८ दशमलव ९ अंकले बढेर नेप्से परिसूचक २२ सय ७४ दशमलव ४२ अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेको सेन्सेटिभ इन्डेक्स २ दशमलव ४१ अंकले सुधार आई सेन्सेटिभ इन्डेक्स  ४४१ अंकमा पुगेको छ। केही सुधार आएको नेप्सेमा एकै दिन १०९ कम्पनीका सेयर धनीले नाफा कमाएका छन् ।

नेप्सेमा बुधबार  ७० कम्पनी का सेयरधनीले घाटा व्यहोर्दा एक मात्र कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लागेको कम्पनीमा वोमी माइक्रो फाइनान्सको सेयर मूल्य १११ रुपैयाँ घटेर एक हजार एक रुपैयाँमा  कारोबार भएको छ ।

नेप्सेमा बुधबार  बजारमा ३१ लाख ५६ हजार कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।   नेप्सेमा बुधबार बैकिङ सेक्टर, डेभलमेण्ट बैंक,  फाइनान्स, होटल, माइक्रो फाइनान्स सेक्टर का लगानीकर्ताले नाफा कमाएका छन् भने अन्य सेक्टरका सेयर लगानीकर्ताले गुमाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ