- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् । ३१ हजार ६९३ मतगणना हुँदा उनले २ हजार १९८ मतको अग्रता लिएकी छिन् ।
रेणुले ११ हजार ७१६ मत पाउँदा एमालेका विजय सुवेदीले नौ हजार ५१८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका विद्रोही स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार १४७ मत पाएका छन् ।
भरतपुर महागरपालिकामा अहिले ७ र ८ नम्बर वडाको मतगणना भइरहेको छ ।