arrow

संसद् सञ्चालन बारे प्रचण्डसँग गृह र कानुनमन्त्रीको छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
prachandas-ss.PNG

काठमाडौं ।  संसद् सञ्चालनका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ले भेटवार्ता गरेका छन् । 

ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा आज बिहान भएको भेटमा समसामयिक राजनीतिक विषय, सङ्घीय संसद् सञ्चालन र सरकारले संसद्मा पेस गर्न लागेको विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाँणको भनाइ उद्धृत गर्दै उनको सचिवालेले जनाएको छ । 

प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि छलफल भएको छ । यसअघि पनि गृहमन्त्री खाँणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका थिए । 

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ । दलीय सहमति जुटाउन गृहमन्त्री खाँण र कानुनमन्त्री शर्माले माओवादी अध्यक्ष दाहालसँग भेटघाट गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ