arrow

'युक्रेनले रूसी सेनाविरुद्ध युद्ध अपराध गरेको' पूर्व फ्रान्सेली सेनाको पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
russian-military-equipment-destroyed-near-kyiv.jpg

काठमाडौं । रुसी सेनाले युक्रेनमा कम्तीमा ६२ देशका ६ हजार ५ सय भन्दा बढी विदेशी लडाकु एवं अन्य भूमिकामा काम गरिरहेको बताएको छ ।

न्युजिल्याण्डको डेली टेलिग्राफमा प्रकाशित एक रिपोर्ट अनुसार आजोभ समुद्र छेउछाउको मारिउपोल शहरमा रहेको आजोभस्टल स्टिल कारखानामा कम्तीमा ४०० युक्रेनी लडाकु फसेको अनुमान गरिएको छ ।

सो कारखाना परिसरमा विगत दुई महिनायतादेखि जारी युद्धमा ठूलो क्षति भएको छ । केही युक्रेनी लडाकुले आत्मसमर्पणसमेत गरेका छन् ।

युक्रेनमा चिकित्सा उपकरण र आपूर्तिहरू पुर्‍याउन धेरै हप्ता बिताएका फ्रान्सेली सेनाका पूर्व सिपाही एड्रियन बोक्वेटले युक्रेनी नेश्नल गार्डको अधीनमा सञ्चालित अजोभ रेजिमेन्ट नियो नाजी लडाकु सेनाले गरेको कथित अत्याचारको बारेमा उल्लेख गरेको डेली टेलिग्राफले जनाएको छ ।

'त्यहाँ, घटनास्थलमा मैले युद्ध अपराध देखेँ। मैले धेरै युद्ध अपराध देखे। मैले त्यहाँ भएका दिनहरूमा देखेका अपराधहरू क्रेनी सेनाहरूले मात्र युगरेका थिए,' बोक्वेटले यस हप्ताको सुरुमा सुड रेडियोसँग कुरा गर्दै भनेका छन् ।

बोक्वेटले अस्पताल र अनाथालयहरूमा चिकित्सा एवं मानवीय सहायता पुर्‍याउन धेरै हप्ता युक्रेनमा बिताएको र त्यो सहयोगको केही हिस्सा युक्रेनी सेनाको हातमा परेको समेत बताएका छन् ।

'मैले रुसी सिपाहीहरूलाई बाँधेर, कैदी बनाएर र नराम्ररी पिटिएको देखेँ... तिनीहरूलाई तीन वा चार जनाको समूहमा मिनी बसमा अवरोध क्षेत्रमा ल्याइन्थ्यो, मिनिबसबाट बाहिर निस्केका प्रत्येक सिपाहीले घुँडामा कलाश्निकोभ राइफलबाट गोली पाइरहेका थिए, आफू अफिसर भएको स्वीकार गर्नेहरूको टाउकोमा गोली हानिएको छ,' पूर्व सैनिकले भने।

'जब म फ्रान्स फर्किएँ, टिभी कार्यक्रमहरूमा आमन्त्रित गरिएका मानिसहरूले भनिरहेको कुराले म अत्यन्तै स्तब्ध भएँ । मैले टिभीमा देखे-सुनेको र घटनास्थलमा देखेको कुरा बीच खाडल भेटाए जुन मेरो लागि घृणित छ,' बोक्वेटले भनेका छन् ।

उनले आजोभ रेजिमेन्टका लडाकुहरू देशभर कार्यरत रहेको कुरा देखेको बताएका छन् । 'यसले मलाई धेरै स्तब्ध पार्छ कि युरोपले अझै पनि त्यस्तो शक्तिलाई हतियार दिन्छ जुन मेरो विचारमा नव नाजीहरू हुन्, जसमा नव नाजी चिन्ह छ। हामी यसको बारेमा कुरा गर्दैनौँ। यो युक्रेनभरि, जताततै ब्रान्ड गरिएको एसएस चिन्ह हो।'

'युक्रेनमा कोही पनि यसबारे चिन्तित देखिँदैन, जबकि हामीले उनीहरूलाई युरोपेली हतियारहरू दिएका छौँ। तिनीहरू गएर युद्ध अपराध गर्छन्,' यो मैले आफैँले देखेको छु।

पूर्व सिपाहीले बोक्वेटले आजोभको हिरासतमा १० घण्टाको तनावपूर्ण समय बिताएको बताएका छन् । आजोभमा रहेका लडाकुहरूले उनले त्यहाँ के गरिरहेको भन्दै सोधपुछ र खोजी गरेको थियो । त्यसपछि अन्ततः उनलाई स्लोभाकिया हुँदै देशबाट बाहिर निकालिएको र त्यसपछि पोल्याण्ड गएर उनी विमानबाट फ्रान्स फर्किएको रिपोर्टमा उल्लेख छ ।

गत महिना युक्रेनमा कब्जामा परेका रूसी सैनिकहरूलाई मृत्युदण्ड दिइएको कुराहरू पुष्टि भएका थिए । 

युक्रेनमा रुसी सेनामाथि यस्तो हर्कत भइरहे पनि आजोभस्टल स्टिल कारखानाबाट रुसी सेना समक्ष आत्मसमर्पण गरेका युक्रेनी लडाकुहरूलाई अन्तर्राष्ट्रिय कानुन एवं मापदण्ड अनुसारको व्यवहार गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ