arrow

भरतपुरमा ४१ हजार मत गनियो, रेणु तीन हजार बढीको मतान्तरसहित अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
renu-vijay-jagannath.jpg

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छिन् । ४० हजार ९६३  मतगणना हुँदा रेणुले १५ हजार ५१३ मत ल्याएकी छिन् । 

दोस्रो स्थानका नेकपा एमालेका विजय सुवेदीले १२ हजार ३८७ मत ल्याएका छन् । लगातार अग्रता बढाउँदै गएकी यो गणना भएदेखि पहिलो पटक रेणुले ३ हजार १२६ मतले अग्रता बनाएकी छिन् । 

नेपाली कांग्रेसका विद्रोही स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दरिलो उपस्थिति देखाएका छन् । उनले ६ हजार ४०३ मत ल्याइसकेका छन् । 

निवर्तमान मेयरसमेत रहेकी रेणु गठबन्धनकी उम्मेदवार हुन् । एमालेलाई भने राप्रपाको साथ छ । 

भरतपुरमा एक लाख २७ हजार बढी मत खसेको थियो । 

उपप्रमुखमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले फराकिलो अग्रता बनाउन सफल भएका छन् । उनले १७ हजार ९७० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ९ हजार ९६१ मत ल्याएकी छिन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ