arrow

रुसी सीमामा नेटोले बसाल्यो ४० हजार सेना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
nato-europe.jpg

काठमाडौं । पूर्वी युरोपमा तैनाथ नेटो गठबन्धनको सैन्य संख्या ४० हजार पुगेको छ, जुन गत वर्षको तुलनामा झन्डै दश गुणाले बढेको हो । २०२१ को फेब्रुअरीमा प्रत्यक्ष नेटो कमाण्ड अन्तर्गत यो क्षेत्रमा ४ हजार ६ सय ५० सेना रहेका थिए ।

इस्टोनिया, लाटभिया, लिथुआनिया र पोल्याण्डमा यी सैनिकहरूलाई चार बहुराष्ट्रिय युद्धसमूहहरूमा खटाइएको थियो। युक्रेनले नेटोमा सामेल हुन खाजेको बदाल स्वरुप यो कदम चालेको भन्दै रुसले युक्रेनी सीमामा गत वर्षको अन्त्य र यस वर्षको सुरुतिर आफ्नो सैन्य संख्या र सैन्य क्षमता तीव्र एवं उच्च पारेको थियो ।

त्यसपछि नेटो र यसका ३० सदस्यहरूले रूसको सेना निर्माणको प्रतिक्रियामा थप सैनिक र क्षमताहरूका साथ आफ्नो पूर्वी स्थानहरूलाई बलियो बनाए ।

युक्रेनमा रुसको आक्रमण सुरु भएको एक महिनापछि प्रत्यक्ष नाटोको कमाण्डमा ४०,००० सहयोगी सेनाहरू तैनाथ भए । विद्यमान युद्धसमूहहरू पनि नाटकीय रूपमा बलियो बनाइए जसमा पोल्याण्डको १,०१० जना पुरुषबाट बढेर १०,५०० — र स्लोभाकिया, हंगेरी, रोमानिया र बुल्गेरियामा चार नयाँ युद्ध समूहहरू स्थापना गरिए ।

यसबाहेक, द्विपक्षीय सम्झौताहरू अन्तर्गत, धेरै युरोपेली देशहरूले थप अमेरिकी सेनाहरूको माग गरिरहेका छन् ।युरोपमा अमेरिकी सैनिकहरूको कुल संख्या लगभग १ लाख पुगेको छ जुन सन् २००५ यताकै उच्च हो ।

रूसको आक्रामकताको परिणामस्वरूप युरोपेली नेटो सदस्यहरूले जीडीपीको २ प्रतिशत नेटोमा लगानी गर्ने लक्ष्य पूरा गर्नेतर्फ प्रतिबद्धता गरेका छन् । नेटोका सदस्यहरूले आफ्नो नीति हेरफेर गर्दै जमिन, समुद्र र हावामा तैनाती र क्षमताहरू बढाउने प्रतिबद्धता गरेको छ । आउँदो जुनमा हुने सम्मेलनमा यी विषयमा थप छलफल एवं योजना बन्ने अपेक्षा गरिएको छ।

यसबाहेक, दुई युरोपेली राष्ट्रहरू, स्वीडेन र फिनल्याण्डले नेटो रक्षा गठबन्धनमा सामेल हुन औपचारिकरुपमा आवेदन दिएका छन् । फिनल्याण्ड नेटोमा सामेल भएमा रुससँगको नेटोको सीमाको लम्बाई दुई गुना हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ