arrow

विवेकशील साझाले पनि जित्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
bibekshil-sajha-party-logo.jpg

बारा । विवेकशील साझा पार्टीले पनि निर्वाचनमा जितेको छ ।  स्थानीय तहको निर्वाचनमा पहिलो सफलता पार्टीले हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित भएका छन् । 

अन्सारी चार हजार ४८५ मत ल्याई अध्यक्षमा निर्वाचित भए । पालिकाका निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार अमिरीलालले दुई हजार ३९९ मत प्राप्त गरे । 

उपाध्यक्षमा विवेकशील साझा पार्टीकै नीलम साहले तीन हजार ५७० मत ल्याई विजयी भइन् । 

एमालेकी उपाध्यक्ष उम्मेदवार कमरुन खातुनले दुई हजार ३३३ मत प्राप्त गरिन् । 

स्थानीय तह निर्वाचनको इतिहासमा विवेकशील साझा पार्टीले पहिलोपटक जित निकालेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ