arrow

सेन्साईको "नयाँ वर्ष, भाग्यको वर्षा" योजनामा पहिलो विजेता घोषित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
Sensei-NYCS-1st-winner-2079.jpg

काठमाडौं। जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेकट्रोनिक्स ब्रान्ड सेन्साईले नेपालीहरूको नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै सार्वजनिक गरिएको "नयाँ वर्ष, भाग्यको वर्षा" नामक योजना अन्तर्गत सेन्साई ब्रान्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत बम्पर उपहारमा यामाहा एफजी बाईक र एप्पल म्याकबूक एयर ल्यापटप, एप्पल आइफोन १३ र एप्पल आइप्याड जित्न सकिने छ।

सोही योजना अन्तर्गत पहिलो लक्की ड्रको विजेता सेन्साई ब्रान्डको आधिकारिक फेसबुक पेज मार्फत लाइभ घोषणा गरिएको थियो। यस पहिलो लक्की ड्रको विजेता सौरहिया बुटवलका रामशुभन थारु भएका छन्। उहाँले एप्पल आइफोन १३ (२५६ जीवी) जित्नु भएको छ। उहाँले फर्साटेकर बुटवलको ओएस् इलेकट्रोनिक्स मार्फत सेन्साईको रेफ्रिजिरेटर खरिद गरेका थिए।

सोही योजनामा लक्की ड्र मार्फत अझै पनि थुप्रै भाग्यशाली विजेताहरू घोषणा गर्न बाँकी नै रहेको छ। यो योजनाको लक्की ड्रमा सहभागी हुन सेन्साईका कुनै पनि सामानको खरिदपश्चात् ग्राहकहरूले SENSEI टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखि ३१००३ मा एस्एमएस् गर्नुपर्नेछ। कम्पनीले यो योजना अब केही दिनको लागि मात्र बाँकी रहेको जनाएको छ।

सेन्साईले आफ्नो विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेन्टीहरूका साथै फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। नेपाल अधिराज्यभर सेन्साई ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेकट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ।

सिजी इलेकट्रोनिक्से सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौँ भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौँ बाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ