arrow

चीनले चुपचाप रुसी सस्तो तेलको खरिद बढायो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
china-russian-oil.jpg

काठमाडौं । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा मुलुकहरुले रुसी उर्जा कटौती गर्न खोजिरहेका बेला चीनले भने रुसी उर्जाको खरिद बढाएको रोयटर्सले रिपोर्ट गरेको छ ।

आफ्ना ठूला तेल कम्पनी प्रतिबन्धमा पर्ने डरले सुरुमा चीनले मस्कोको खुलेर समर्थन गरेको थिएन भने रुसी आपुर्तिमा कटौती गरेको थियो ।भोर्टेक्सा एनालिटिक्सले गरेको अनुमान अनुसार चीनको समुद्री मार्गबाट रुसी तेल आयात मे महिनामा १० लाख ब्यारेल प्रतिदिन पुग्ने अनुमान गरिएको छ ।

पहिलो चौमासिक चीनले रुसबाट आयात गरेको तेल प्रतिदिन ७ लाख ५० हजार ब्यारेल थियो भने सन् २०२१ मा ८ लाख ब्यारेल प्रति दिन थियो । एसियाको शीर्ष रिफाइनर सिनोपेक कर्पोरेशनको व्यापारिक शाखा युनिपेकले र चीनको रक्षा समूह नोरिन्कोको एक एकाइ झेनहुआले बढी तेल खरिद गरिरहेको रोयटर्सले जनाएको छ ।

हङकङमा दर्ता भएको फर्म लिभना सिपिङ लिमिटेड पनि हालै चीनमा रुसी तेलको प्रमुख ढुवानीकर्ताको रूपमा उभिएको पाइएको छ ।

सिनोपेकले रोयटर्सलाई टिप्पणी गर्न अस्वीकार गरेको छ भने झेनहुआ र लिभनाले टिप्पणी गर्न गरेको प्रतिक्रियाको जवाफ दिएका छैनन् ।

यसबाट रुसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पश्चिमाले कटौती गर्न खोजेको रुसी उर्जा बिक्रीको खाडल भर्न चीनले मद्दत गरेको देखिन्छ ।

अमेरिका, बेलायत र केही अन्य प्रमुख तेल खरिदकर्ताहरूले युक्रेन आक्रमण लगत्तै रुसी तेलको आयातमा प्रतिबन्ध लगाएका थिए। 

युरोपेली संघले रुसी तेल खरिदमा प्रतिबन्धसहित पूर्ण प्रतिबन्धको योजनामा काम गर्न थालेको छ।

धेरै युरोपेली रिफाइनर्सले प्रतिबन्धको डरले वा नकारात्मक प्रचारको डरले रुसबाट खरिद गर्न बन्द गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ