arrow

नेपालमा क्रेन बेबी सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
Crane-Baby-opening.jpg

काठमाडौं । क्रेन बेबी नेपालमा औपचारिक रुपमा सार्वजनिक भएको छ । क्रेन एक अमेरिकी ब्रान्ड हो, जुन ह्युमिडिफायर, एयर प्युरिफायार र अन्य जीवनशैलीका घरेलु उपकरणहरूको लागि विश्वव्यापी रूपमा ग्लोबल ब्रान्डको रूपमा प्रख्यात छ। 

क्रेनले नेपालमा आफ्नो नयाँ लाइनअप ‘क्रेन बेबी’ लन्च गरेको हो  । यो लाइनअपमा बच्चाको बेडिङ्ग, नर्सरी डेकोर,  प्लस टोइ साथै अरू उत्कृष्ट बेबी आइटमहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

यसले नयाँ अभिभावकहरूलाई छनोट गर्न १००ं उत्पादनहरूका विकल्प प्रदान गर्दछ । क्रेन बेबीका उत्पादनहरू स्तायिलिश, गुणस्तरीय र इको–फ्रेण्ड्ली रहेको दाबी गरिएको छ । 

यो लाइनअप नायिकाहरु प्रियंका कार्की, जेनिशा मोक्तान, रेनशा राई राणा र मिनिषा भट्टराईले आईएमएस लिटिल स्माइल्स शोरुम, दरबार मल, दरबारमार्गमा अनावरण गरेका थिए । 

साथै क्रेन भारतका प्रतिनिधिहरू पनि प्रक्षेपण कार्यक्रममा सामेल भएका थिए । 

यस लाइनअप ग्राहकहरूले विभिन्न छुट र उपहारहरूको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ ।   

नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टी ब्रान्ड आउटलेट, आई एम एस लिटल स्माइल दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित रहेकोसमेत कम्पनीले जनाएको छ । 

मल्टी ब्रान्ड आउटलेटमा अन्तर्राष्ट्रिय ब्रान्डहरु जस्तै डा ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डी जे आई, इनजाइजर, लाइनरफ्लक्स र अन्य ब्रान्डहरु उपलब्ध रहेको जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ