arrow

केशव स्थापितलाई उछिन्दै सिर्जना सिंह दोस्रो स्थानमा, वालेन्द्रको उडान कायमै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
walendra-keshav-srijana.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि भइरहेको निर्वाचनको मतगणनामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह निकै अगाडि बढेका छन् । 

वालेन्द्रले दोस्रो स्थानका उम्मेदवारले भन्दा झण्डै दोब्बर मत ल्याएका छन् । उनलाई भेट्टाएर विजय हासिल गर्ने दोस्रो र तेस्रो स्थानका उम्मेदवारको सम्भावना कम हुँदै गएको छ । 

वालेन्द्र विजेता दौडमा एक्लै छन् । उनी दोस्रो स्थानकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा १७ हजार मतले अगाडि छन् । 

शुरुआतदेखि सिर्जनालाई उछिनेका केशवलाई शनिबार साँझदेखि सिर्जनाले उछिनेकी छिन् । 

वालेन्द्रले ३८ हजार ३३३ मत पाएका छन् । सिर्जनाले २१ हजार २९९ मत ल्याएकी छिन् । एमालेका उम्मेदवार केशवले २१ हजार ८ मत ल्याएका छन् । 

वालेन्द्र निकै अगाडि बढ्दा दोस्रो हुनका लागि सिर्जना र केशवबीच कडा टक्कर देखिएको छ ।  

५५ उम्मेदवार रहेकामा राप्रपाका मदनदास श्रेष्ठ १ हजार ७९६ मतसहित चौथो स्थानमा छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १ हजार २९३ मत ल्याइसकेका छन् । अन्य उम्मेदवारले भने एक हजार मत पनि ल्याएका छैनन् । 

त्यस्तै उपमेयरमा भने एमाले उम्मेदवार सुनीता डंगोल निकै अगाडि छिन् । उनले २६ हजार ५७५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत ल्याएका छन् । राप्रपाकी बिनिता मगैयाले ३ हजार ६२३ मत ल्याएकी छिन् । 

स्वतन्त्र उम्मेदवारहरु वेन्जीसिंह महर्जनले २ हजार १४२ तथा विद्या श्रेष्ठ महर्जनले १ हजार ५०१ मत ल्याएकी छिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ