arrow

भारतले श्रीलंकालाई एकै पटक पठायो दुई अर्ब बढीको सहायता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
india-sri-lanka-.jpg

काठमाडौं । भारतले करिब ९,००० मेट्रिक टन चामल, ५० मेट्रिक टन दूधको धुलो र २५ मेट्रिक टनभन्दा बढी औषधि, चिकित्सा सामग्रीलगायत गरी श्रीलंकामा २ अर्ब भन्दा बढीको मानवीय सहायता पठाएको छ ।

९ हजार मेट्रिक टन चामल, ५० मेट्रिक टन दूधको धुलो र २५ मेट्रिक टनभन्दा बढी औषधि र अन्य स्वास्थ्य सामग्री रहेको उक्त खेप उच्चायुक्त गोपाल बागलेले आइतबार श्रीलंका सरकारको वरिष्ठ नेतृत्वलाई हस्तान्तरण ग्र्दैछन् ।

मे १८ मा तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले चेन्नई बन्दरगाहबाट यो खेप पठाएका थिए। तमिलनाडु सरकारले प्रतिबद्धता गरेको ४०,००० मेट्रिक टन चामल, ५०० मेट्रिक टन दूधको पाउडर र औषधि अन्तर्गतको यो पहिलो खेप हो ।

यो सामग्री श्रीलंका सरकारद्वारा उत्तरी, पूर्वी, मध्य र पश्चिमी प्रान्तसहित देशभर आवश्यकता अनुसार वितरण गर्नेछ। समाजका विभिन्न वर्गहरुलाई समेट्ने गरी यो उद्धार सामग्री वितरण गरिने बताइएको छ ।

भारतीय जनताको यो सहयोगले दुई पक्षीय सम्बन्धलाई झनै परिभाषित गरेको छ । भारत सरकारबाहेक भारतका धेरै निजी र सामाजिक संस्थाहरूले श्रीलंकालाई अन्य थप सामग्री सहयोग प्रदान गरेको छ ।

यो सहयोग भारतीय सरकारले गरेको आर्थिक सहयोग भन्दा बाहिर हो । यस वर्षको जनवरी यता भारतले ३.५ अर्ब अमेरिकी डलरको आर्थिक सहयोग गरेको छ श्रीलंकालाई । यसबाहेक, औषधि र सुख्खा राशनलगायतको सामग्रीसमेत भारत सरकारले पठाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ