arrow

८४ बर्षको उमेरमा नागरिकता

logo
हाम्रा कुरा
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
jesta-nagarik.jpg.jpeg
पाँचथर। पाँचथर सराङ्डाँडा ६ बतासेकी एक वृद्धाले  ८४ वर्षको उमेरमा नागरिकता लिए की छन् । नागरिकता लिन नमान्ने खड्गमायाँ सेर्माले इलाका प्रशासन कार्यालय रविका कर्मचारीले दसैँमा पैसा दिन्छौँ भनेपछि मात्रै नागरिकता लिएकी हुन् ।
 
उनिले नागरिकता लिएपछि पैसा दिन्छौ के भनेर प्रश्न पनि गरिन् ।  उनिको श्रीमान खड्गवहादुर सेर्माको यसअघि नै निधन भईसकेको छ ।
 
आर्थिक अवस्था कमजोर भएकी खड्गवहादुरको कान्छी श्रीमती हुन् । उनको आफ्नो छोराछोरी भने छैन । तर पनि जेठी पट्टीका छोराहरुले हेरचाह गर्दै आएका छन् । सराङ्डाँडाका सचिव किशोरचन्द्र आचार्यले सेर्मालाई नागरिकता दिनका लागि इलाका प्रशासन कार्यालय रविमा खवर गरेका थिए ।
 
खवर प्राप्तपछि घरमै नागरिकता दिन कार्यालयका नायव सुव्वा ओझा गएका हुन् । यसैवीच कार्यालयले जिल्लाको दक्षिणी क्षेत्रको १० गा.वि.स.का ७५ वर्ष भन्दा माथिका वृद्धवृद्धा र अपाङ्गहरुलाई घरघरमै गएर नागरिकता वितरण गर्न थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ