arrow

नगरप्रमुखले आफ्नै गाडी प्रयोग गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
falebash.PNG

पर्वत ।  फलेवास नगरपालिकाका नवनिर्वाचित प्रमुख गङ्गाधर तिवारीले आफू शासक हुन नभइ जनताको सेवक बन्नको लागि आएको बताएका छन्  । निर्वाचित हुनु अघिसम्म कुनै दलबाट उम्मेदवार भए पनि अब निर्वाचित भइसकेपछि आफूहरू सबै नागरिकको साझा व्यक्ति बन्ने उनको भनाइ थियो  । शपथ लिएपछि पदभार ग्रहण कार्यक्रममा नगरप्रमुख तिवारीले अघिपछि आफ्ना नेतालाई भेटे पनि सरकारी कार्यालयको ‘गेट’ मा प्रवेश गरेपछि कसैले पनि राजनीति गर्न नपाउने बताउँदै आफैले त्यो कामको सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“पाँच दलीय होइन कि छ दलीय गठबन्धनबाट म निर्वाचित भएको हो । म सबैको साझा व्यक्ति हो । नेपालको नमूना नगरपालिका बनाएर देखाउन सकेमा सबैको चित्त बुझ्न सक्छ” उनले भने, “म पैसाको लागि नगरप्रमुख भएको होइन आफ्नै खर्चमा भए पनि जनताको सेवा गर्न पाए मेरो लागि सौभाग्य हो । म जनताको सेवा गर्न आएको हुँ शासक हुन होइन ।”

नगरप्रमुख तिवारीले  नगरपालिकाको मोबाइल सेट प्रयोग नगरे पनि सिम भने प्रयोग गर्ने तर त्यसको रिचार्ज पनि आफ्नै खर्चले गर्ने, निजी सवारी साधन प्रयोग गरेर नगर प्रमुखले चढ्न पाउने गाडी समस्यामा परेका नागरिकको उद्धार, राहत र सहयोगमा प्रयोग गर्ने बताए ।

फलेवासकै उपप्रमुख शोभा क्षेत्रीले पनि शपथ तथा पदभार ग्रहण गर्दै आफू जनताकै माझबाट आएको एउटा प्रतिनिधि भएका कारण जनताकै सुझावको आधारमा काम गर्ने बताए । नागरिकले देखाएकै बाटोमा आफू जाने र त्यसका लागि उत्पादनमा आधारित अनुदान, किसानलाई सहज सेवा, कार्यालय सञ्चालन छिटोछरितो र नगरभित्र यातायातको सुविधालाई व्यवस्थित गर्नेलगायत महत्वपूर्ण योजना आफूमा रहेको उनको भनाइ थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ