arrow

डोनबास क्षेत्रमा रुसी र युक्रेनी सेनाको भिडन्त, अवस्था अत्यन्तै कठिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
ukraine-attack-plight-.jpg

किभ ।  युक्रेनको डोनबास क्षेत्रमा रुसी र युक्रेनी सेनमबीच कडा भिडन्त जारी छ । मस्कोले युक्रेनको नियन्त्रणमा रहेको डोनबास कब्जा गर्न चाहेको छ । रुसी-समर्थित पृथकतावादीहरूले फेब्रुअरी २४ मा आक्रमण गर्नु अघि लुहान्स्क र छिमेकी डोनेट्स्क प्रान्तको ठूलो भूभाग नियन्त्रण गरिसकेका छन् । 

डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्ध विरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्ध विराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको छ । 

रणनीतिक दक्षिण पूर्वी शहर मारिउपोलमा अन्तिम युक्रेनी लडाकुहरूले प्रतिरोध समाप्त गरेपछि रुसले डोनबासका दुई प्रान्त मध्येको एक लुहान्स्कमो भीषण आक्रमण गरिरहेको छ ।

रुसी सेनाले स्लोभ्यान्स्क र सिभिएरोडोनेत्स्क शहरहरूमा आक्रमण गर्ने प्रयास गरिरहेको तर युक्रेनी सेनाले उनीहरूको दुष्प्रयासलाई असफल पारेको जानकारी दिँदै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनबासको अवस्था अत्यन्तै कठिन भएको बताएका छन् । 

राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले युद्ध बिराममा सहमत हुन अस्वीकार गर्दै किभले मस्कोसँगको कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट गरेका छन् ।

 युद्ध नरोकिने बताउँदै उनले त्यसो गर्दा मस्कोले नयाँ आक्रमण गर्ने तथा भारी मात्रामा रक्तपात हुने युक्रेनका प्रमुख वार्ताकार पोडोल्याकले कडा सुरक्षामा राखिएको राष्ट्रपति कार्यालयमा भएको अन्तर्वार्तामा रोयटर्सलाई बताए । 

यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र इटालीका प्रधानमन्त्री मारियो ड्राघीबाट तत्काल युद्ध विरामको लागि आह्वान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ