arrow

विश्वभर फैलिन थाल्यो मङ्कीपक्स : कसरी सर्छ, कति खतरनाक छ यो ?

इजरायलमा पनि भेटियो मङ्कीपक्स, कति खतरनाक छ यो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
monkeypox-world-spread.jpg

काठमाडौं । दक्षिण र पश्चिम अफ्रिकामा सुरुमा देखिएको मङ्कीपक्स अहिले विश्वका १२ भन्दा बढी देशमा फैलिसकेको छ । आइतबार इजरायली अधिकारीहरूले  विदेशबाट फर्केका एक व्यक्तिमा मङ्कीपक्सको संक्रमण भेटिएको बताएका छन् ।

बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्विडेन, अमेरिका, क्यानडालगायतका देशमा भेटिइसकेको मङ्कीपक्सको संक्रमण इजरायलमा पनि फेला परेको हो । अधिकारीहरूले थप संक्रमणको जोखिममा रहेका व्यक्तिको खोजी भइरहेको बताएका छन् ।

खासगरी बाँदरमा मात्रै हुने मङ्कीपक्सको संक्रमण मानिसमा र त्यो पनि अप्रत्याशित क्षेत्र र बढी फेला परेपछि विश्वभर चिन्ता बढेको छ । हालसम्म इजरायलसमेत गरी १३ भन्दा बढी देशमा ८१ भन्दा बढी केसहरू पुष्टि भइसकेका छन्। 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कुनै पनि देशको नाम नलिईकन थप ५० सन्दिग्ध केसहरू अनुसन्धान भइरहेको जनाएको छ। अझै बढी केसहरू बढ्ने चेतावनी पनि डब्ल्यूएचओले जनाएको छ।

अमेरिका, क्यानडा र अस्ट्रेलियाबाहेक ९ ओटा युरोपेली देशहरूमा सङ्क्रमण पुष्टि भइसकेको छ। मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम क्षेत्रमा मङ्कीपक्स बढी मात्रामा देखिन थालेको छ।

कति खतरनाक छ?

मङ्कीपक्सको यसरी बढ्दो संक्रमण यो पहिलो पटक नै देखिएको अधिकारीहरूले बताएका छन् । केही हप्तामा निको हुने भए पनि मङ्कीपक्सकै कारणले कसैको ज्यानसमेत जान सक्ने अधिकारीहरूले बताएका छन् । पश्चिम अफ्रिकामा मङ्कीपक्सको संक्रमणबाट मानिसको मृत्यु भएको तथ्याङ्क छ ।

कसरी सर्छ ?

यो भाइरस नजिकको सम्पर्कबाट सर्ने देखिएको छ । यसका साथै यौन सम्पर्क गर्दा पनि नजिकको सम्पर्क हुने भएका कारण सो क्रममा सर्ने ठानिएको छ । मङ्कीपक्स यौन सम्पर्कबाटै पनि सर्ने भने भनिएको छैन ।

उपचार के छ?

मङ्कीपक्सको कुनै विशेष खोप छैन तर, बिफरको खोपले केही सुरक्षा प्रदान गर्ने अधिकारीहरूले बताएका छन् । किनकि बिफर गराउने र मङ्कीपक्स गराउने भाइरसहरू धेरै हदसम्म समान छन् ।

मङ्कीपक्स भाइरसको संक्रमणबाट हुने यो संक्रमण सुरुमा बाँदरमा पुष्टि भएकाले यसको नाम मङ्कीपक्स राखिएको थियो । सुरुमा सन् १९७० मा लोकतान्त्रिक गणतन्त्र कङ्गोमा बिफर उन्मूलन गर्ने तीव्र प्रयासका बेला मङ्कीपक्सको संक्रमण मानिसमा भएको फेला परेको थियो। 

त्यस बेलादेखि अन्य मध्य र पश्चिमी अफ्रिकी देशका मानिसमा मङ्कीपक्सको संक्रमण देखिने गरेको थियो । अहिले भने, विश्वभर यसको संक्रमण देखिन थालेको हो । यद्यपि, यसले कोभिड१९को जस्तो महामारीको रूप भने नलिने विज्ञहरूको विश्लेषण छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ