arrow

अष्ट्रेलियाका नवनियुक्त प्रधानमन्त्री एन्थोनी सपथ लगत्तै टोकियोतिर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
anthony-albanese-australia-pm.jpg

काठमाडौं । एन्थोनी अल्बानिजले अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन् । नवनियुक्त प्रधानमन्त्री एन्थोनी आजै क्वाड शिखर सम्मेलनमा सहभागी हुन जापान जाँदैछन् । 

क्वाड राष्ट्रका सदस्यहरु —अमेरिका, भारत र जापानका नेताहरुलाई भेट्न उनी जापानको राजधानी टोकियो प्रस्थान गर्दैछन् । एन्थोनीले नयाँ विदेशमन्त्री पेनी वोङसहित चार प्रमुख मन्त्रिपरिषद् सदस्यहरुसँग सपथ लिएका छन्, जो उनीसँगै टोकियो जानेछन् ।  

शनिबार सम्पन्न आम निर्वाचननमा एन्थोनीको लेबर पार्टी विजयी भएको थियो । एन्थोनीले एक्लै बहुमतको सरकार बनाउँछन वा गठनबन्धनको नेतृत्व गर्छन भन्ने बारेमा प्रष्ट पारिएको छैन् । 

झन्डै एक दशकपछि अस्ट्रेलियामा लेबर पार्टीले सरकार गठन गरेको हो । पार्टीले तल्लो सदनमा ७२ सिट जितेको छ । बहुमतको सरकार गठन गर्न ७६ सिट आवश्यक पर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ