काठमाडौँ। सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडले ग्राहकहरूलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा जेठ ९ गतेदेखि कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोक मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैङ्कका सञ्चालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले कावासोती शाखाको संयुक्त समुद्घाटन गरी सेवा सुरु गरेका हुन्। उक्त कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत, दीपेश प्रधान लगायत बैङ्कका कर्मचारी, कावासोती च्यामबरका अध्यक्ष डाँसुराज पोखरेल तथा स्थानीयवासी हरूको उपस्थिति रहेको थियो।
२०७८ चैत्र मसान्तसम्ममा बैङ्कले रु. ९२ अर्ब ९६ करोड निक्षेप सङ्कलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ। उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैङ्कले देशका विभिन्न स्थानहरूमा शाखा, शाखारहित बैङ्किङ तथा एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याई बैङ्किङ सेवा प्रदान गर्दै आएको छ। बैङ्कको कुल शाखा सङ्ख्या १३७ पुगेको छ भने बैङ्कले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैङ्किङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।