arrow

अब कानूनी र नीतिगत रुपमा पालिकाको दुइमध्ये एक प्रमुख पदमा महिला अनिवार्य गरौं – देवकोटा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
khimlal-devkota.jpg
तस्बिर– फाइल

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा खिमलाल देवकोटाले स्थानीय तहको दुई प्रमुख पदमा यस पटक महिला कम आउने देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

उनले अघिल्लो पटक ४८ प्रतिशत महिला अध्यक्ष–उपाध्यक्ष र प्रमुख–उपप्रमुखमध्येमा निर्वाचित भएको बताए । यस पटक भने कम आउने भन्दै अब कानूनी र नीतिगत रूपमा व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

यसतर्फ सरकार र निर्वाचनसम्बन्धी सरकारको संवैधानिक निकाय निर्वाचन आयोगको ध्यान जानुपर्ने औँल्याए । यद्यपि केही स्थानीय तहमा भने घेराबन्दी तोडेर पालिकाको दुईवटै प्रमुख पदमा जनताले निर्वाचित गरेको भन्दै खुशी प्रकट गरेका छन् । 

उनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई शुभकामना दिँदै जनताको सेवक बन्‍न, आर्थिक मितव्ययीता अपनाउन र जनताको हितमा सँधै काम गर्न आग्रह पनि गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ