arrow

जित नजिक रेणु, यस्तो छ पछिल्लो मतपरिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
renu-vijay-jagannath.jpg

चितवन । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेणु दाहाल जित नजिक पुगेकी छिन् । उनले निकटतम प्रतिस्पर्धीसँग अग्रतालाई फराकिलो बनाउँदै लगेसँगै जित नजिक पुगेकी हुन् । 

उनले निकतम प्रतिस्पर्धी विजय सुवेदीले भन्दा ११ हजार दुई सय बढी मतको अग्रता बनाएकी छिन् । रेणुले ४६ हजार ६८० मत प्राप्त गरेकी छिन् । सुवेदीले ३५ हजार ४०७ मत प्राप्त गरेका छन् । 

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार १३१ मत पाएका छन् । त्यसबाहेक कसैले पनि हजार मत ल्याउन सकेनन् । 

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको जित पनि सुनिश्चित भइसकेको छ । अधिकारीले ४७ हजार ५७९ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २७ हजार ८१३ मत मात्र ल्याएकी छिन् । 
 



नयाँ