arrow

वालेन्द्रले कटाए ५० हजार मत, सिर्जनाभन्दा १९ हजार बढीले अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
walendra-keshav-srijana.jpg

काठमाडौं । सर्वाधिक प्रतिक्षाको काठमाडौं महानगरपालिकाको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह जित नजिक पुग्न थालेका छन् । मत प्राप्तिको अनुपात हेर्दा उनी पछि पर्ने कुनै संकेत देखिँदैन । 

उनले ५० हजार मत कटाएका छन् । एक लाख ९१ हजार ५९ मत खसेमध्ये करिब ४३ हजार मत गन्न बाँकी छ । जसमा उनले दोस्रो स्थानकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भन्दा १९ हजार २६३ मतको अग्रता लिइसकेका छन् । 

सिर्जनाले ३० हजार ७६७ मत ल्याएकी छिन् । तेस्रो स्थानका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३० हजार १५ मत ल्याएका छन् । 

चौथो स्थानमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी रहेका छन् । उनले ६ हजार १९३ मत ल्याएका छन् । राप्रपाका मदनदास श्रेष्ठ २ हजार ९९६ मतसहित पाँचौं स्थानमा छन् । निर्वाचनअघि सम्मानजनक मत ल्याउने अपेक्षा गरिएकी समीक्षा बास्कोटाले ३४४ मतमात्र ल्याएकी छिन् । 

उपमेयरतर्फ एमालेकी सुनिता डंगोल पनि जित नजिक छिन् । उनले ४६ हजार ३४७ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६ हजार २८३ मतमात्र ल्याएका छन् । 

तेस्रो स्थानकी राप्रपाकी बिनिता मगैयाले ८ हजार ६२१ मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ महर्जनले ६ हजार ४५४ तथा स्वतन्त्र उम्मेदवार वेन्जीसिंह महर्जनको ४ हजार ६२० मत छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ