- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जियोलोजिकल म्यापिङ गरी खनिज तथा प्राकृतिक ग्याँस र पेट्रोलियम पदार्थको अन्वेषण, प्रशोधन, उत्पादन र संरक्षण गरिने बताएकी छन् ।
मङ्गलवार आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले स्वदेशमै ग्याँस र पेट्रोलियम पदार्थको उत्पादन गरिने बताएकी हुन् ।
राष्ट्रपतिले सरकारको तर्फबाट अगामी आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेकी हुन्।
अर्थ मन्त्रालयले यस वर्षको नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी कार्यक्रम र आत्मनिर्भर अर्थतन्त्रमा आधारित रहने बताएको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै छ ।