- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले मेक इन नेपाल र मेड इन नेपालको अभियानलाई अँगाल्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९– ८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वदेशी उत्पादनलाई प्रबद्र्धन र विस्तार गर्न निजि क्षेत्रबाट सञ्चालित मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग गर्ने बताएकी हुन् ।
मंगलबार सरकारकाे आर्थिक वर्ष २०७९– ८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले स्वदेशमै ग्याँस र पेट्रोलियम पदार्थको उत्पादन गरिनेसमेत बताएकी छिन् ।
राष्ट्रपतिले सरकारको तर्फबाट अगामी आर्थिक वर्ष २०७९–८० का लागि वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी हुन्।
अर्थमन्त्रालयले यस वर्षको नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी कार्यक्रम र आत्मनिर्भर अर्थतन्त्रमा आधारित रहने बताएको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै छ ।