- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले ताप्लेजुङ दार्चुला ग्रेट हिमालयन ट्रेल (बृहत हिमालय पदमार्ग) को स्तरोन्नतिलाई प्राथमिकता दिइने बताएको छ । देशमा पयर्टनको विकासका लागि अन्तर्राष्ट्रिय लगानीसमेत आकर्षित गर्ने सरकारले बताएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९– ८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । उनले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गरिनेसमेत बताएकी छिन् ।
यस्तै आगामी वर्ष सरकारले स्वदेशी उत्पादनलाई प्रबद्र्धन र विस्तार गर्न निजि क्षेत्रबाट सञ्चालित मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग गर्ने नीतिसमेत अघि सारेको छ ।
मंगलबार आगामी आर्थिक वर्ष २०७९ –८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले स्वदेशमै ग्याँस र पेट्रोलियम पदार्थको उत्पादन गरिनेसमेत बताएकी छिन् ।
राष्ट्रपतिले सरकारको तर्फबाट अगामी आर्थिक वर्ष २०७९–८० का लागि वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी हुन्।
अर्थ मन्त्रालयले यस वर्षको नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी कार्यक्रम र आत्मनिर्भर अर्थतन्त्रमा आधारित रहने बताएको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै छ ।