arrow

पशुपति, जनकपुर र लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
pashupatinath1.jpg

काठमाडौं ।  धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय महत्व बोकेको पशुपति, जनकपुर र लुम्बिनीलार्ई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने भएको छ । 

सरकारले घोषणा  गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमलाई आज संसद्को दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो जानकारी गराइन् । 

आगामी वर्ष सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने नीति लिने कार्यक्रममा उल्लेख गरिएको । इतिहास, कला, संस्कृति एवं अन्य मौलिक विशेषता समेटिएको बृहत् सङ्ग्रहालय निर्माण गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । 

सरकारले ताप्लेजुङ, दार्चुला ग्रेट हिमालय ट्रेलको स्तरोन्नतिलाई प्राथमिकता दिने कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने भएको छ । 

बराहक्षेत्र, चतराधाम, र रामधुनी क्षेत्र तथा कोसीटप्पु वन्यजन्तु आरक्षण समेटेर बृहत् धार्मिक, सांस्कृतिक, पर्यापर्यटन केन्द्रको रूपमा विकास गर्न एकीकृत कार्यक्रम ल्याउने प्रतिबद्धता पनि सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

धार्मिक पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रममा आउने गरे पनि कार्यान्वयन नहुने गरेको यस क्षेत्रमा लागेकाको गुनासो छ । 

प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटमा पशुपति, लुम्बिनी र जनकपुरजस्ता स्थलको विकास, निर्माणको कार्यक्रम राखिए पनि स्थलगतरुपमा हेर्ने हो भने ठूलो उपलब्धि भेटिँदैन ।



नयाँ