arrow

सिजी मेरिडियाको आईओटी इन्भर्टर एसी नेपाली बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
cg-meridia-ac-2022.jpg

काठमाडौँ। लोकप्रिय उत्पादनहरू मार्फत ग्राहकको मन जित्दै आइरहेको ब्राण्ड सिजी अन्तर्गत 'सिजी मेरिडिया'को आईओटी इन्भर्टर एसी बजारमा बिक्री सुरु भएको छ।

'डिस्ट्रिब्युटेड हेल्दी फिल्टर सिस्टम' जडित 'सिजी मेरिडिया' आईओटी इन्भर्टर एसी ५६ डिग्रीको उच्च तापक्रममा आफैँ सफा र निर्मलीकरण हुने विशेषता राख्दछ। डिजिटल इन्भर्टर जडान भएकाले विद्युत् खपतलाई कम गर्दछ भने स्मार्ट कन्ट्रोल अन्तर्गत वाईफाई र एआई भ्वाइस कन्ट्रोल मार्फत यस एसीलाई चलाउन सकिन्छ।

६० डिग्रीको उच्च परिवेश तापक्रममा अति शीतल र २० डिग्रीको उच्च परिवेश तापक्रममा अति न्यानो बनाउन सक्ने यसको विशेषता रहेको छ। 'सेल्फ डायग्नोसिस', उच्च क्षमता, पर्यावरणमैत्री आदि विशेषता भएको एसीले लिकेजहरू समेत पत्ता लगाउने कम्पनीले जनाएको छ।

१८ डेसिबलको हावाको गतिका कारण निकै शान्त रहने एसीमा फोटोसेन्सिटिभ सेन्सर जडान भएको छ। गुगल एसिस्टेन्टबाट समेत चलाउन सकिने यस स्मार्ट एसीका लागि एन्ड्रोइड र आइओएस डिभाइस दुवैका लागि सिजी स्मार्ट होम एप पनि डाउनलोड गर्न सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ